२८ दिन चरणवद्ध फोहोर निषेधित आन्दोलन गर्दै प्रभावित क्षेत्रका नागरिक

| २०८० चैत १८ गतेमा प्रकाशित

दिपेश न्यौपाने/ककनी- विगत लामो समयदेखि आन्दोलन गर्दै आएका सिसडोल बञ्चरेडाँडाका फोहोर प्रभावित क्षेत्रका नागरिकले अब भने चरणवद्ध रुपमा २८ दिन लामो फोहोर निषेधित आन्दोलन गर्ने भएका छन् ।

बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति, नुवाकोट धादिङले चैत्र २४ गतेदेखि वैशाख २१ गतेसम्म शान्तिपूर्ण रुपमा फोहोर निषेधित आन्दोलन गर्ने समितिका संयोजक श्रीराम ढुंगानाले बताएका छन् । प्रभावित क्षेत्रका नागरिकको जीउँधनको रक्षाका लागि नुवाकोट र धादिङले संयुक्त रुपमा आन्दोलन गर्न लागेको उनले बताए ।

२८ दिनसम्म गरिने आन्दोलनमा नुवाकोट र धादिङका जनप्रतिनिधि तथा विभिन्न दलका नेताहरुले प्रत्येक दिन आन्दोलनलाई सम्बोधन गर्ने कार्य तालिका समेत सार्वजनिक भएको छ ।

db53cab3-1630-45c5-aff7-8dc291b423ee-E9HmqH91ybzZ4VVCNKnpvTxny4MtzVhhze6NREDK.jpg

d8474b13-bf2e-42cd-8fa8-fd93b092ea19-n7kiGvPCgrt34UnTBJctA3vdhebHeRM7dmq3dnAE.jpg

d044e38d-b77f-4cb1-aaae-b1f2a3815a32-1FsDOA1HcO6Trt9xCODJqZnSQVpBvKj33ciaCFRC.jpg

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट