त्रिशूली सामुदायिक बोर्डिङ स्कुलमा ऐतिहासिक पुरस्कार वितरण समारोह सम्पन्न

| २०८२ बैशाख २० गतेमा प्रकाशित

 

त्रिशूली, वैशाख १९ — त्रिशूली सामुदायिक बोर्डिङ स्कुलले शुक्रबार एक भव्य पुरस्कार वितरण समारोहको आयोजना गर्दै कक्षा ल्गचकभचथ देखि कक्षा १० सम्मका उत्कृष्ट विद्यार्थीहरूलाई  सम्मानित गरेकाे थिए

समारोहको विशेष आकर्षणको रूपमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीको उपस्थितिले कार्यक्रमलाई प्रेरणादायी बनाएको थियो। टोलीकी कप्तान अनिता बस्नेत, प्रशिक्षक जिवेश पाण्डे र अन्य खेलाडीहरूको सहभागिताले विद्यालय प्राङ्गणमा उत्साह र राष्ट्रिय गौरवको माहोल सिर्जना गरेकाे थिए

शैक्षिक उत्कृष्टता प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रथम, द्वितीय र तृतीय स्थान अनुसार राष्ट्रिय खेलाडीहरूको हातबाट प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको थियो। सो अवसरमा विद्यालयले विद्यार्थीहरूको विविध सांस्कृतिक प्रस्तुति पनि प्रस्तुत गरेको थियो, जसले उपस्थित अभिभावक र अतिथिहरूको मन जितेकाे थिए

समारोहकै क्रममा विद्यालयको नयाँ व्यवस्थापन समिति घोषणा गरिएको छ। जसअनुसार जितेन्द्र राजभण्डारी अध्यक्ष, कुमार मान मलेखु श्रेष्ठ उपाध्यक्ष, सचिव ९प्रधानाध्यापक० सुमन कुमार कर्ण , सुनील बज्राचार्य कोषाध्यक्ष र दिलीप शाक्य, राजकुमार तामाङ, पूर्णलाल श्रेष्ठ, नरेन्द्र अमात्य, विभूति कुमार झा, भीमसेन तामाङ तथा धनराज तामाङ सदस्यमा चयन भएका छन्। निवर्तमान अध्यक्ष विजय श्रेष्ठ सल्लाहकारको रूपमा रुपमा रहेका छन्

कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, शेयर सदस्य, स्थानीय सामाजिक व्यक्तित्वहरू तथा प्रहरी नायब उपरीक्षक राम कुमार खइजुको गरिमामय उपस्थिति रहेको थियो।

विद्यालय प्रशासनका अनुसार, यस प्रकारका कार्यक्रमले विद्यार्थीहरूलाई अतिरिक्त गतिविधिमा प्रेरित गर्नुका साथै उनीहरूमा राष्ट्रिय स्तरको अभिमान र जोश उत्पन्न गर्ने विश्वास व्यक्त व्यक्त गरेका थिए

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट