घट्यो सुनको मूल्य

| २०७९ सावन ३ गतेमा प्रकाशित

काठमाडौं- सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ ।

सुनको मूल्य आज तोलाको ९३ हजार ८०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, तेजाबी सुन तोलाको ९३ हजार ३०० रुपैयाँमा कारोबार हुँदै छ ।

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले कमी आएको छ । आजका लागि चाँदीको मूल्य तोलाको एक हजार १६० रुपैयाँ तोकिएको छ । सोमबार तोलाको एक हजार १६५ रुपैयाँ कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट