नुवाकोट र रसुवाका ६ कृषक नगदसहित सम्मानित

| २०७९ पौष १४ गतेमा प्रकाशित

नुवाकोट- राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्र नुवाकोट मार्फत जिल्लाको उत्कृष्ट तीनजना किसानलाई बुधबार केन्द्रको कार्यालय विदुरमा नगद रु १५ हजारसहित सम्मान गरेको छ ।

सम्मानित हुनेमा शिवपुरी गाउँपालिका वडा नं ८ का रामप्रसाद पुडासैनी, म्यागङ गाउँपालिका वडा नं ४ का सुरेन्द्र तामाङ र विदुर नगरपालिका वडा नं १३ का दीपक खड्का रहेका छन् ।

त्यस्तै सोहि कार्यक्रम अन्तरगत रसुवाका तीन कृषक पनि नगद सहित सम्मानित भएका छन् । सम्मानित हुनेमा रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा नं ५ का काल्साङ तामाङ, गोसाईकुण्ड गाउँपालिका वडा नं ६ का प्रमोदकुमार तितुङ र नौकुण्ड गाउँपालिका वडा नं ६ का पासाङ लामा (तितुङ) रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट