लक्ष्य भन्दा दोब्बर राजस्व सङ्कलन !

| २०८० असोज ३ गतेमा प्रकाशित

काठमाडौं- चालु आर्थिक बर्षको भाद्र महिनामा रसुवा भन्सार कार्यालय टिमुरेले लक्ष्य भन्दा दोब्बर राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालू आर्थिक वर्ष ०८०/०८१ को भाद्र महिनामा राखेको लक्ष्यको एक सय नौ दशमलब चार आठ प्रतिशत बढी राजस्व सङ्कलन गरेको हो ।

भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद पाठकका अनुसार भाद्र महिनामा कार्यालयले दुई अर्ब ६ करोड ९४ लाख ९१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । भाद्र महिनामा ९८ करोड ७९ लाख ३० हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष राखेकोमा लक्षको तुलनामा एक अर्ब आठ करोड १५ लाख ६१ हजार रुपैयाँ बढी राजश्व संकलन गरेको छ ।

त्यस्तै कार्यालयले साउन महिनामा ७९ करोड ८० लाख ७० हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष राखेकोमा लक्षको तुलनामा २४ करोड १५ लाख ३३ हजार रुपैयाँ बढी राजस्व संकलन गरेको थियो । रसुवा भन्सार कार्यालयले चालू आर्थिक वर्षमा ११ अर्ब ९४ करोड २३ लाख आठ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट