६ वाणिज्य बैंक कारबाहीमा ! (सूचिसहित)

| २०८० कार्तिक १२ गतेमा प्रकाशित

काठमाडौँ- निर्देशन विपरीत काम गर्ने ६ वटा वाणिज्य बैंक नेपाल राष्ट्र बैंकको कारबाहीमा परेका छन् ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विभिन्न कसुरमा ती बैंकलाई नगद जरिवानादेखि सचेतसमेतको कारबाही गरिएको हो । कारबाहीमा पर्नेमा लक्ष्मी सनराइज, हिमालयन, एनएमबी, एनआईसी एसिया, नबिल र सिटिजन्स बैंक छन् ।

सम्पत्ति शुद्धीकरण सम्बन्धमा जारी निर्देशन विपरीत काम गरेको भन्दै राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकलाई ७० लाख रुपैयाँ नगद जरिवाना असुल गरेर कारबाही गरेको छ । हिमालयन बैंकले तोकिएको ८० प्रतिशत कर्जा निक्षेप अनुपात (सीडी) कायम नगरेका कारण १ करोड ६७ लाख रुपैयाँ नगद जरिवाना तिर्नुपरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट