नुवाकोट- विदुर नगरपालिका वडा नं ३ मा रहेको खड्भभज्याङ्ग साना किसान सहकारी संस्था लि को अध्यक्षमा साबित्रि ठकुरि सर्व सम्मत रुपबाट चयन हुनु भएको छ।
शनिवार सम्पन्न सहकारीको ४ औ साधारणसभामा विदुर नगर प्रमुख राजन श्रेष्ठ आतिथ्य विशेष अतिथि ३ नं वडा अध्यक्ष बद्री रिमाल ,निर्वाचित सदस्यहरु,समाजसेवि हरुको अतिथिमा सहकारीको अध्यक्षमा साबित्रि ठकुरि,उपाध्यक्ष चन्द्रावति ढकाल, सदस्यहरुमा दीपा बस्नेत (पण्डित) कल्पना पौडेल ,मिरा घिमिरे,लक्ष्मि अमात्य र मेलिना श्रेष्ठ चयन हुनु भएको छ।
यसै गरि सहकारीको लेखा समितिको मैना दाहाल (रिमाल) को संयोजकत्वमा गोमा लामिछाने र देवकि श्रेष्ठ सदस्यमा चयन हुनु भएको छ। सहकारीको आ.ब.२०७९/८० मा शेयर पुजिँ ५४ लाख ६२ हजार, जगेडा कोष २१ लाख ५५ हजार ६२९ रुपैयाँ ,१ करोड ४९ लाख ७८ हजार २०३ रुपैयाँ निक्षेप संकलन गरेको छ।
सहकारीले बित्तिय कारोवार बाट १८ लाख ७१ हजार ६४३ रुपैयाँ खुद व्याज आम्दानी गरेको छ, उक्त सहकारीमा ६०१ महिला र ३ पुरुष गरि ६०४ जना सदस्यहरु रहेका छ्न ,भने समुह संङ्ख्या १०३ वटा रहेको छ।
प्रतिक्रिया दिनुहोस्