गौतम बुद्व क्रीकेट रंगशालालाई पूर्णता दिन बागमती प्रदेश र भरतपुर महानगरबिच साझेदारी

| २०८० कार्तिक २१ गतेमा प्रकाशित

काठमाडौं- चितवनमा निर्माणधिन गौतम बुद्व क्रीकेट रंगशालालाई पूर्णता दिनका लागि बागमती प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगगरपालिकाले ३० प्रतिशत साझेदारिमा निर्माण सुरु गर्ने सहमती भएको छ । उक्त सहमतीसंगै लामो समयदेखि अपुरो रहेको रंगशाला निर्माणको कार्यले निरन्तरता पाउँने भएको छ ।

मंगलवार मुख्यमन्त्रीको कार्यालय हेटौडामा बसेको भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारबिचको बैठकले उक्त रंगशाला साझेदारिमा निर्माण गर्ने सहमति भएको हो । बैठकले यस अघि भएका आर्थिक क्रियाकलाप र ऋण सम्बन्धी सम्पूर्ण जिम्मेवारी महानगरपालिका र संघीय सरकारले व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

महानगरपालिकाले तयार पारेको लागत अनुमान प्रस्ताव अनुसार ७५ करोड रुपैयाँ लगानी लाग्ने लागत अनुमानको ७० प्रतिशत बागमती प्रदेश सरकारले व्यहोर्ने र ३० प्रतिशत रकम महानगरपालिकाले व्यहोर्ने सहमति सहित निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट