स्थानिय युवाद्धारा जालपा देवि मन्दिर सरसफाई

| २०७९ भदौ २३ गतेमा प्रकाशित

नुवाकोट- विदुर नगरपालिका वडा नं ५ मा रहेको जालपा देवि मन्दिर स्थानिय युवाहरुले सरसफाई गरेका छन् ।

तादी र त्रिशुलि नदिको संगम स्थलमा रहेको मन्दिरमा वर्षाको कारण आएको बाढि मन्दिर भित्र पसेको बालुवा र पानि निकालेर युवाहरुको सरसफाई अभियान नै सुरु गरेका छन् ।

बिहिवार अभियानको रुपमा सुरु भएको सरसफाईमा स्थानिय युवाहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो । सरसफाई कार्यमा उपस्थितलाई धन्यवाद दिदैँ युवा नविन चित्रकारले अभियानको दोस्रो दिन भोलि शुक्रवार बिहान ६ बजे बाट सुरु हुने भएकाले उपस्थित हुन सबैलाई अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट