आजदेखि विदुर मेयर कप फुटबल प्रतियोगिता सुरु

| २०८० माघ १३ गतेमा प्रकाशित

नुवाकोट- विदुर नगरपालिकाको मुख्य  तथा नुवाकोट जिल्ला फुटबल संघको आयोजनामा आजदेखि अन्तरपालिका स्तरिय नुवाकोट च्याम्पियन बिदुर मेयर कप फुटबल प्रतियोगितामा सुरु हुने भएको छ ।

आज  अर्थमन्त्री डा. प्रकाश शरण महतको प्रमुख आतिथ्यतामा उद्द्घाटन हुने विदुरका मेयर राजन श्रेष्ठले बताए । पहिले खेल बिदुर नगरपालिका र मेघाङ्ग गाउँपालिका बिच खेल ११ बजे नुवाकोट बहुमुखी क्याम्पस खेलमैदान बट्टार मा  खेल्नेछ।

प्रतियोगितामा नुवाकोट जिल्लाको १० वटा स्थानीय तह (पालिका) सहभागिता रहेको छ । बिजेताले रु ४,०४,४४४ र उपबिजेताले रु २,०२,२२२ नगद सहित ट्रफी मेडल प्रमाणपत्र प्राप्त गर्नेछन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट