नुवाकोटमा पहिलो पटक मनाइयो लदि पर्व

| २०८१ फागुन २० गतेमा प्रकाशित

नुवाकोट- आज माझी समुदायको प्रमुख पर्व मध्यकाे एक लदि पुजा अर्थात पानीलाई पुजा गर्ने दिन । पानीसँग सबैभन्दा निकट रहने माझीहरूले हरेक वर्ष फागुन महिनाकाे तेस्राे मङ्गलबार याे पुजा मनाउँछन् । केही माझीहरुले शिवरात्रीकै दिन लदीपूजा गर्ने गरेकाे पनि पाइन्छ ।

लदीपूजालाई काेसीपूजा भनेर पनि चिनिन्छ । माझी भाषामा नदीलाई ‘लदि’ भनिन्छ । माझी समुदायको सबैभन्दा ठुलो पर्वका रूपमा लदीपूजालाई लिइन्छ । माझी समुदायले नदीलाई मामा र माझिलाई भाञ्जाको नातासम्बन्धको रुपमा लिने चलन छ । त्यसैले पनि उक्त समुदायमा यो पर्वको विशेष महत्व छ ।

 यसैबीच नुवाकोटमा पनि पहिलो पटक लदि पर्व मनाइएको छ। नुवाकोट माझी महिला उत्थान संघ नेपाल माझी संघ नुवाकोट द्वारा आयोजित " माझी समुदायको  प्रथम  लदिपर्व /प्रकृति पुजा " "धार्मिक मूल्य मान्यता पहिचान खोजमा लागौं, जातिय अधिकार संरक्षण र प्रबर्द्धन गरौ!!!"   उद्देशको साथ बिदुर नगरपालिका प्रमुख राजन श्रेष्ठ प्रमुख तथा  उपप्रमुख  प्रभा बोगटी विशेष आतिथ्यमा सम्पन्न गरिएको छ।

कार्यक्रममा प्रदेश सभा निबर्तमान सदस्य रीता माझी, बिदुर नगरपालिका वडा नं का अध्यक्ष लेलिन रन्जित ,वडा नं २ का दीपक कायस्थ, वडा नं ३ का.अध्यक्ष ईन्द्र प्रसाद अधिकारी , वडा नं ४ निलमबाबु ढुङ्गेल वडा नं ११ बाबुराम तामाङ  कार्यपालिका सदस्य सावित्री राई,सीता बोगटी, बिदुर ३ वडा सचिव ईश्वरी प्रसाद रिमाल विभिन्न जनजाति संघ,विभिन्न पार्टीका प्रतिनिधि संघ/संस्थाहरुको साथै नुवाकोट जिल्ला को सम्पुर्ण स्थानहरुको माझी समुदाय र अन्य जिल्लाहरुको माझी प्रतिनिधिको पनि उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्