काठमाण्डौ- सुदुरपश्चिम प्रदेश बाजुराको त्रिवेणी नगरपालिका ५ र ६ मा पर्ने प्रसिद्ध धार्मिक तीर्थस्थल बडीमालिका मन्दिर र त्रिवेणीधाम पर्यटकीय तथा धार्मिक दृष्टिकोणले ज्यादै महत्वपूर्ण मानिएको छ ।
धार्मिक किन्वदन्ती अनुसार, बडीमालिका मन्दिर परिसर देव भूमि तथा तपोभूमिको रुपमा परिचित छ भने त्रिवेणी धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण क्षेत्रको रुपमा परिचित छ ।
हरेक वर्ष जनै पूर्णिमा अघिल्लो दिन विशेष पुजा लाग्ने बडीमालिका मन्दिरमा हजारौं भक्तजन पुग्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्