गोरखा-२ मा प्रचण्डलाई ११ हजार बढी मतको अग्रता, अब्दुस मियाँको अवस्था के छ ?

| २०७९ मंसिर ७ गतेमा प्रकाशित

गोरखा- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ११ हजार बढी मतले अग्रता लिएका छन् । ३३ हजार ३ सय १५ मत गणना हुँदा दाहालले १७ हजार ७ सय ५३ मत ल्याएका छन् ।

दाहालका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले ५ हजार ९ सय ६७ मत ल्याएका छन् ।

दाहाल र बुर्लाकोटीबीच ११ हजार ७ सय ८६ मतान्तर छ । ४ हजार ५ सय ५८ मत ल्याएका नेकपा एमालेका उम्मेदवार अब्दुस मियाँ तेस्रो स्थानमा छन् । गोरखा–२ मा दाहालसहित १२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट