लामिबगैँचा सामाजिक युवा क्लबको रक्तदान कार्यक्रम सम्पन्न

| २०७९ सावन ७ गतेमा प्रकाशित

नुवाकोट- विदुर नगरपालिका वडा नं ५ मा रहेको लामिबगैँचा सामाजिक युवा क्लबको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

समय समयमा सामाजिक कार्य गर्दै आएको क्लबले बढ्दो रगतको अभाब लाई न्युनिकरण गर्ने अभिप्रायले उक्त कार्यक्रम सन्चालन गरिएको क्लबले जनाएको छ । कार्यक्रममा ३७ जनाले रक्तदान गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी जालपा उपसाखा नुवाकोट, प्राबिधिक सहयोग तर्फ नेपाल रेडक्रस सोसाइटी रक्त सन्चार केन्द्र कोलनि र ब्लड अन रिकोइष्ट इन नुवाकोटको समन्वयमा कार्यक्रम सम्पन्न भएको क्लबका सदस्य, स्थानिय जनप्रतिनिधि र स्थानियवासिले रक्तदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट