रोटर्याक्ट क्लब अफ कीर्तिपुरको दोस्रो स्थापना समारोह सम्पन्न

| २०७९ सावन ७ गतेमा प्रकाशित

काठमाडौं- रोटर्याक्ट क्लब अफ कीर्तिपुरले दोस्रो स्थापना समारोह सम्पन्न गरेको छ । शनिवार कलङ्कीस्थित दृष्टि होटलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

निवर्तमान अध्यक्ष रोटेरियन रुबी शाहको सभापतित्वमा भएको कार्यक्रममा रोटरी क्लब अफ कीर्तिपुरका अध्यक्ष रतन पुष्पराज अधिकारी र अञ्चल ११ का अञ्चल प्रतिनिधि वाङ्दी शेर्पा प्रमुख र विशेष अतिथिका रुपमा उपस्थीत थिए ।

1-u2YS9fQgmZWYTn2I4ztVFIyB0pS2tebTjsvDz7Yt.jpg

निवर्तमान अध्यक्ष रोटेरियन रुबी शाहले औपचारिक रूपमा नवनिर्वाचित अध्यक्ष आरटीआर राहुल विसुन्खेलाई नेतृत्व हस्तान्तरण गरेका थिए।

कार्यक्रममा पूर्व डीआरआर, पूर्व जेटआरआर, वर्तवान जेटआरआर, कीर्तिपुर कोइनर व्हील क्लब, बालाजु कोइनर व्हील क्लबबाट अतिथिहरूको उपस्थिति रहेको थियो ।

5-WppKgaZIBH8LcwoajvAbh4xqyZKA8KANMA0p2iI2.jpg

निवर्तमान अध्यक्ष शाहले नवनिर्वाचित अध्यक्ष विसुन्खेलाई कलर हस्तान्तरण गरि नया कार्यकालको नेतृत्व विसुन्खेलाई हस्तान्तरण गरेकि हुन् । जेटआरआर वाङ्दी शेर्पाले नवनिर्वाचित अध्यक्ष विसुन्खे पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । त्यस्तै अध्यक्ष विसुन्खेले अन्य साधारण सदस्यहरूलाई शपथग्रहण गराएका थिए ।

7-tyHfjNqKk2jwvjy8SVoBxL8ARutwiZzdJwmoH8Ff.jpg

रोटर्याक्ट क्लबले गरेका डोल्पाका विद्यार्थीहरुलाई स्कल सामाग्री बितरण, आशा नेपालमा तिजको दर कार्यक्रम तथा उपहार बितरण, कैदि गृहमा होलि कार्यक्रम तथा उपहार बितरण, रोटर्याक्टहरुलाई बिभिन्न सिपमुलक तालिम, किर्तिपुरका एेतिहासिक स्थलहरुमा समुहगत पहिचान गराउने कार्यक्रम , किर्तिपुरमा वृक्षारोपण, बिभिन्न क्लब र सस्थाहरुसङ मिलेर तिहारमा रङगोलि लगाएत अन्य सामाजिक कार्यक्रमहरु गर्दै आएको छ ।

4-eE53JylUxK7erfSobejcbpeaZoPslSFJ3YOaG82Q.jpg

कार्यक्रममा अवार्ड समारोह पनि भएको थियो । क्लबमा आवद्ध भएका सदस्यहरुले कार्यकाल भरि गरेका कामको आधारमा विभिन्न विधामा पुरस्कार समेत वितरण गरिएको थियो । त्यस्तै कार्यक्रममा उपस्थीत अतिथि, अन्य रोटर्याक्ट क्लबका प्रतिनिधि, स्थान साझेदार, मिडिया पार्टनरलाई मायाको चिनो प्रदान गरिएको थियो ।

3-ZFjqohzn4sje3gofTJKZ0AYjOY8P4GxYnWLRuC6X.jpg

9-eJPMMVanJtxOg3y0Yc0QIFUyOSrSNC3RZH9FZI1b.jpg

2-u73JANPtpY6PUeL6nl931oURERlsvkIYGVem9HFg.jpg

6-hBWhrEQoN6saTX2wvwABKpzfdo5yaZTpX1VmOXx9.jpg

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट