समृद्ध नुवाकोटको चौथो वार्षिक उत्सवमा खाद्यान्न सहयोग

| २०७९ मंसिर १६ गतेमा प्रकाशित

नुवाकोट- सामाजिक कार्य गर्दै आएको समृद्ध नुवाकोटले आफ्नो स्थापनाको चौथो वार्षिक उत्सव मनाएको छ । शुक्रवार विदुर नगरपालिका वडा नं ५ देविघाटमा रहेको वृद्धाश्रममा खाद्यान्न सामाग्री सहयोग गरि वार्षिक उत्सव मनाएको छ ।

समृद्ध नुवाकोटले जिल्लाका विभिन्न विद्यालयहरुका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण, रक्तदान, सरसफाई लगाएतको काम गर्दै आएको छ । स्थापना दिवसको अवसरमा वृद्धाश्रममा रहेका बुबा आमा संग खुसि साटासाट गर्दै खाद्यान्न सामाग्री सहयोगको साथै ७२ वर्षिय जेष्ट नागरिकले केक काटेर वार्षिक उत्सव मनाईएको अभियान्ता सन्जय भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट