“खल्ती भाको झोला” बोलको गीतले र्चचा बटुल्दै (भिडियो सहीत)

| २०८० जेठ १० गतेमा प्रकाशित

महेन्द्र अधिकारी/काठमाडौं- पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् ।

सोही क्रममा नयाँ गीत “खल्ती भाको झोला” सार्वजनिक भएको छ । यस गीतमा शान्ती श्री परियार र बिष्णु पाण्डेको सुमधुर स्वर रहेको छ भने चर्चित सर्जक रमेश परियारको शब्द, संगीत रहेको छ । उक्त सार्वजनिक गीतलाई संगीत संयोजन सुनिल परियार ले गरेका छन् । सार्वजनिक भएको गीतको रेकर्ड वन डिबी एच डि रेकर्डिङ स्टुडियोमा गरिएको हो ।

चर्चितर लोकप्रिय मोडल तथा निर्देशक शंकर बिसीको कोरियोग्राफर र निर्देशन रहेको गीतमा दुर्गा पौडेलको छायांकन, मिलन बिश्वकर्माको सम्पादन रहेको छ भने गीतको भिडियोमा निक्स शर्मा र लोशिना लामिछाने लगायत अन्यको दमदार अभिनय देख्न सकीन्छ ।

“खल्ती भाको झोला” बोलको गितले छोटो समयमा नै दर्शक श्रोताको मन जित्न सफल भएको यसै गीतकासर्जकपरियारले जनाएका छन् । उक्त गीत रमेश परियारको अफिसियल यूट्यूब च्यानलमा गएर हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट