नुवाकोट- काठमाडौँ पत्रकार समाज गठन

| २०८० सावन १५ गतेमा प्रकाशित

काठमाडौँ- नुवाकोट घर भइ राजधानीमा क्रियाशील पत्रकारहरुको संगठन नुवाकोट- काठमाडौँ पत्रकार समाज गठन गरिएको छ । सोमबार राजधानीको युनियन हाउसमा आयोजित एक भेलाका बीच रमेश जमकट्टेलको नेतृत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।

समाजको सहसंयोजकमा नवराज घिमिरे रहेका छन् । यसैगरी सदस्य सदस्यहरुमा प्रकाश पुडासैनी, राजन ढकाल, प्रशन्न ढुंगाना, हरि प्रसाद भेटवाल, आशिष ढुंगाना, प्रयास श्रेष्ठ, प्रतिमा मुडभरीलगायतका रहेका छन् । नुवाकोट स्थायी ठेगाना घर भइ राजधानीमा क्रियाशील पत्रकारहरु एकीकृत हुँदै नुवाकोटको विकास निर्माणका कार्यहरुमा संयोजन गर्नेगरी समाज गठन गरिएको बताइएको छ । संयोजक चयन भएपछि जमकट्टेलले समग्र नुवाकोटलाई जोड्न समाज सेतु बन्ने बताए ।

राजधानी नजिकै भएपनि नुवाकोटमा विकास निर्माणलगायतका काममा विभिन्न समस्या र उल्झनहरु छन् । यी समग्र विषयमा पत्रकारिकताको माध्यमबाट समन्वय र सहकार्य गर्न समाजको माध्यममार्फत हामी लाग्नेछौँ, उनले भने । उनले राजधानीमा क्रियाशील पत्रकारहरुलाई जोड्न विभिन्न कार्यक्रमदेखि तालिमलगायतका गतिविधि सञ्चालन गरेर संस्थालाई चलायमान बनाउन पनि लागिपर्ने बताए । पुराना पुस्तादेखि नयाँ पुस्तासम्मलाई जोडेर समाजलाई सबैको साझा मञ्च बनाइने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट