१ थान एयर गनसहित एक जना पक्राउ

| २०८० असोज ७ गतेमा प्रकाशित

धरान उपमहानगरपालिका–१४ विजयपुर बस्ने ३९ वर्षीय अमनध्वज कार्कीलाई १ थान एयर गनसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

कार्कीको घर कोठामा अवैध हतियार लुकाई छिपाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी विजयपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त गनसहित उनलाई पक्राउ गरेको हो।
 
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट