मुम्बईको फिल्म फेस्टिभलमा नेपाली फिल्म

| २०८० असोज २२ गतेमा प्रकाशित

काठमाडौँ — बुसान पुगेका तीन नेपाली फिल्म भारतको मुम्बई फिल्म फेस्टिभलमा छनोट भएका छन् । नवीन सुब्बा निर्देशित 'गाउँ आएको बाटो', आइसफल प्रोडक्सनबाट निर्मित 'गुराँस' र 'साक्षी रुख' छनोटमा परेका हुन् ।

गुँरास' र 'साक्षी रुख' साउथ एसिया प्रतिस्पर्धातर्फ छनोट हुँदा 'गाउँ आएको बाटो' आइकन्स साउथ एसिया शीर्षकमा छानिएको हो । सौरभ राई निर्देशित 'गुराँस'को यो साउथ एसिया प्रिमियर हो भने 'द रेड सुटकेस' को एसिया प्रिमियर । यसअघि भेनिसमा 'द रेड सुटकेस'को वर्ल्ड प्रिमियर भएको थियो । टोरोन्टोमा वर्ल्ड प्रिमियर भएको 'गाउँ आएको बाटो' यो महोत्सवसँगै ब्राजिलको प्रतिष्ठित साओ पाउलो फिल्म फेस्टिभलमा छनोट भएको छ ।

मुम्बई फिल्म फेस्टिभलको लघु फिल्मतर्फ भने 'चिसो घर', 'हेलेना' र 'विन्डहर्स'ले नेपाललाई प्रतिनिधित्व गर्ने भएको छ । यो महोत्सवमा २५० फिल्म देखाइँदै छन् । त्यसमध्ये ४० को वर्ल्ड प्रिमियर, ४५ फिल्मको एसिया प्रिमियर र ७० को साउथ एसिया प्रिमियर हुँदै छ । महोत्सवको 'ओपनिङ' र 'क्लोजिङ' फिल्म अझै छनोट भइसकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्