एनआरएनए आईसीसी उप-महासचिव प्रत्यासी भट्टराईका १० प्रतिवद्धता !

| २०८० असोज २८ गतेमा प्रकाशित

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसी २०२३-२०२५ को उप-महासचिव पदको लागि सन्तोष भट्टराईको उम्मेदवारी रहेको छ । जर्मन वसोवास गर्दै आएका भट्टराईले उम्मेदवारी दर्ता संगै आफ्नो १० प्रतिवद्धता समेत सार्वजनिक गरेका छन् ।

भट्टराईका प्रतिवद्धताहरु यस प्रकार छन् :
१.आईसीसी सदस्यहरुलाई प्रभावकारी रुपमा अभियानसँग जोड्ने र क्षेत्रीय परिषद्लाई संरचनागत रुपमा व्यवस्थित गर्ने ।
२.राष्ट्रिय समन्वय परिषद्लाई अधिकतम अधिकार सम्पन्न बनाउँदै केन्द्र प्रति उत्तरदायी बनाउने ।
३.सबै क्षेत्रहरुमा क्षेत्रीय कोषलाई फाउन्डेशन मार्फत व्यवस्थापन गर्ने ।
४.राष्ट्रिय समन्वय परिषद्हरुमा सदस्यता वितवरण र निर्वाचन प्रक्रियालाई थप व्यवस्थित गर्ने ।
५.केन्द्रीय सचिवालयलाई क्षेत्रीय गतिविधिहरुमा अधिकतम प्रयोग गर्न विभाग बनाई काम गर्ने ।
६.सचिवालय बैठकदेखि क्षेत्रीय सम्मेलन सम्मका गतिविधिहरुलाई थप व्यवस्थित गरि सबैको अधिकतम सहभागिताको सुनिश्चितता गर्ने ।
७.पर्यटन र नेपाली उत्पादनको प्रवर्धनलाई राष्ट्रिय समन्वय परिषद्को स्थायी कार्यक्रमको रुपमा स्थापित गराउने ।
८.वंशजको नागरिकता, सामाजिक सुरक्षाकोष, श्रमिकका मुद्दा, सम्मानित वैदेशिक रोजगारी र मताधिकारको विषयलाइ पहिलो प्राथमिकतामा राख्ने ।
९.वैदेशिक रोजगारीका श्रमिकहरुको रोजगारदाता मार्फत विमा व्यवस्था गर्ने ।
१०.अदक्ष जनशक्ति, विदेश जाने र दक्षभएर फर्किए पछि बेरोजगार हुनुपर्ने व्यवस्थाको अन्त्य गर्न लागि पर्ने ।

यी लगायतका थुप्रै कामहरुमा योगदान गर्ने र त्यसका लागि आवस्यक अनुभव समेत बटुलेको छु भन्ने विश्वास सहित आगामी कार्यकाल २०२३- २५ मा केन्द्रीय जिम्मेवारीमा रहेर काम गर्ने ईच्छा रहेको भट्टराईले बताए ।

यूरोपका २६ देशहरुलाई सक्रिय नेतृत्व प्रदान गर्दै विषम परिस्थितिमा पनि २ वटा सफल क्षेत्रीय सम्मेलन आयोजना गरेको अनुभव आफुसंग रहेको उनले बताए । एसिया प्यासिफीक र मध्यपूर्वको क्षेत्रीय सम्मेलनमा सहभागि हुँदा तथा नागरिकताको विषयमा गरिएको काम र सामाजिक सुरक्षाकोषको विषय सहित श्रमिकका मुद्धा र सम्मानित बैदेशिक रोजगारीको विषय लगायतका सबै मुद्धाहरुमा आफुले सक्दो योगदान गरेको उनले बताए ।

भट्टराई भन्छन्, साथै थुप्रै अग्रज र अभियन्ताहरुबाट सिक्ने र अरुलाई सिकाउने मौका पनि पाएको छु । अभियानमा सरिक हुँदै गर्दा धेरै सकारात्मक सुझाव र हौसलाहरु प्राप्त गरेको छु । संस्थाका लागि अझ थप योगदान गर्नुपर्छ भन्ने दृढ चाहना राखेको छु । म प्रतिको विश्वास र अपेक्षालाई आत्मसाथ गर्दै मैले आगामी कार्यकाल २०२३-२०२५ को लागि केन्द्रीय उपमहासचिव पदमा आकांक्षा व्यक्त गर्दै आफ्नो उम्मेद्वारी पेश गरेको छु । तपाइँहरुको प्रत्येक राय तथा सुझावहरु मेरा लागि मार्गदर्शन हुनेछ । मैले हालसम्म निभाएको भूमिकाको मुल्याङ्कन तपाइँहरुले मलाई आफ्नो अमूल्य साथ, सहयोग र मत दिनुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट