विवाहमा सालीले बेहुलाको जुत्ता लुकाउने चलन कसरी आयो?

| २०८० कार्तिक ३ गतेमा प्रकाशित

काठमाडौं विवाहमा सालीले बेहुलाको जुत्ता लुकाउने गरेको त हामी सबैले देखेको छौँ । विवाहमा बेहुलाको जुत्ता सालीलेचलन परम्परादेखि नै चलिआएको हो ।

विवाहमा यो चलनले रमाइलो पनि हुने गरेको छ । विवाह भनेको दुलहा दुलहीको मिलन मात्रै होइन, दुई परिवार एक हुने अवसर पनि हो ।

पहिले पहिले विवाहहरू धेरै रातमा हुने र जुत्ता चप्पल साटफेर वा हराउनसक्ने हुनाले सालीले भिनाजुको माया र सम्मानका लागि जुत्ता नहराऊन् भनी लगेर राखिदिने र जुत्ता राखिदिएबापत भिनाजुले उपहारस्वरूप केही दिने चलन रहेछ ।

तर आजकल जुत्ता लुकाउने कुरामा पनि निकै विकृति आएको छ । पछिल्लो समय माया र सम्मानका लागि भन्दा पनि पैसा को लागि जुत्ता लुकाउने चलन बढ्दै गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट