औषधीय गुणले भरिपूर्ण जमरामा के-के पाइन्छ ?

| २०८० कार्तिक ११ गतेमा प्रकाशित

रुपन्देही – जौ खाद्य पदार्थको दृष्टिले पौष्टिक हो भने स्वास्थ्यको दृष्टिले पनि औषधिको रूप मानिन्छ । पछिल्लो समय जमराको जुस लोकप्रिय पनि छ । वैदिक ग्रन्थमा जौलाई रोग निको गर्ने, यज्ञयज्ञादिमा उपयोगी, शक्ति प्रदायक वस्तुका रूपमा लिइएको छ । यही जौको जमरालाई प्रसादको रुपमा प्रयोग गरिन्छ ।

हिन्दूहरुको महत्त्वपूर्ण पर्व बडादशैं र जमरा नेपाली मौलिक संस्कृति एवं परम्पराका पर्याय हुन् । घटस्थापनाको दिन छरेर उमारिएको जौं, गहुँ र मकैका पहेँला आँकुरा अर्थात् जमरालाई दसैंको टीकासँगै देवीको प्रसादको रुपमा लगाइन्छ । यसरी लगाइने जमराको आफ्नै धार्मिक तथा शास्त्रीय महत्त्व छ ।
विजया दशमीको पहिलो दिन, आश्विन शुक्लप्रतिपदामा पूजाकोठामा चोखो बालुवा अथवा माटोमा धार्मिक अनुष्ठान गरी शुभसाइतमा जौं, गहुँ र मकै बाक्लोगरी छरेर उमारिएको पहेँलो आँकुरा नै जमरा हो । दसैंबाहेक अन्य पर्व र पूजाअनुष्ठानमा भने जमरा राखिँदैन । जौं रोपिएको घडामा नवदुर्गाको आहृवान गरी १० दिनसम्म पूजा आराधना गरिन्छ । दशैंको दिन देवीको प्रसादका रूपमा टीकासँगै जमरा लगाउने परम्परा नेपाली हिन्दूहरुको मात्र हो ।

जमराको अचार, सलाद, तरकारी, सर्वतजस्ता विभिन्न परिकार बनाएर खान सकिन्छ । जौका जमरा सेवनले छालाको सौन्दर्य बृद्धि हुन्छ । जापानस्थित हाजिवारा इन्टिच्युट अफ हेल्थले गरेको जौका जमरा सम्बन्धी अध्ययनले शरीर बढ्ने, स्वास्थ रहने र तन्द्रुस्त राख्न जमरा सहयोगी खाद्य बस्तु हो, भन्ने पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट