काजी ग्रुप नुवाकोटले भोलि रक्तदान गर्दै

| २०८० कार्तिक १९ गतेमा प्रकाशित

नुवाकोट- नुवाकोटका युवा जमातले सुरु गरेको काजी ग्रुप नुवाकोटले भोलि सोमवार वृहत खुल्ला रक्तदान कार्यक्रम गर्ने भएको छ । रक्तदान कार्यक्रम जिल्ला अस्पताल त्रिशुलीमा विहान ९ बजेदेखि गर्ने ग्रुपले जनाएको छ ।

पछिल्लो समय हरेक संघ संस्था तथा संगठित समूहहरुले स्थापना दिवस वा विशेष कार्यक्रमको रुपमा रक्तदान कार्यक्रम गर्ने प्रचलन बढ्दै गएको छ । जसले रगतको अभावलाई न्यूनिकरण गर्न मद्दत पुगेको छ । रक्तदान नै जीवनदान हो भन्ने सोचका साथ मानिसहरु रक्तदान तर्फ प्रेरित भइरहेका छन् ।

गए शुक्रवार मध्यराती जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण घाइते विरामीको लागि रगतको अभाव नहोस भन्नका लागि पनि वृहत खुल्ला रक्तदान कार्यक्रम गरिएको काजी ग्रुप नुवाकोटले जनाएको छ । ग्रुपले सम्पूर्णमा कार्यक्रममा सहभागी भई रक्तदान गर्न अनुरोध समेत गरेको छ । कार्यक्रमको सह आयोजकको रुपमा त्रिशुली अस्पताल र नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्र, कोलनीको प्राविधिक सहयोग रहने छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट