प्रहरी निरिक्षक फुयाँलको ‘पेशागत अभिवृत्ति परीक्षण दर्पण’ पुस्तक बजारमा

| २०८० कार्तिक २१ गतेमा प्रकाशित

काठमाडौं- प्रहरी निरिक्षक (इन्स्पेक्टर) विष्णुहरी फुयाँलले ‘पेशागत अभिवृत्ति परीक्षण दर्पण’ नामक पुस्तक बजारमा ल्याएका छन् । नेपाल प्रहरीमा सेवा गर्न इच्छुकहरुका लागि उपयुक्त हुने उक्त पुस्तक सेवामा रहेका र नवप्रवेशीले खरिद गरी उपयोग गर्न सक्नेछन् ।

आफू कार्यरत रहेको नेपाल प्रहरीका इन्स्पेक्टर र असई तहका लागि लक्षित गरेर इन्स्पेक्टर फुयालले पेशागत अभिवृत्ति परीक्षण दर्पण बजारमा ल्याएको बताए । पेशागत अभिवृत्तिका लागि उक्त पुस्तक उपयोगी रहेको उनले बताए ।

उक्त पुस्तकले प्रहरी सेवामा प्रवेश गरी मुलुकको सेवा गर्न चाहने उम्मेदवारहरूका सहयोगी भूमिका निर्वाह गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट