यमपञ्चक सुरु, आज काग तिहार!

| २०८० कार्तिक २५ गतेमा प्रकाशित

रुपन्देही–नेपालीहरूको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यस पर्वलाई यमपञ्चक पनि भनिन्छ । तिहारको पहिलो दिन कागको पूजा गरिन्छ ।

यो दिन काग तिहारका रूपमा प्रचलित छ । आफ्नो परिवारमा कसैको मृत्यु भएको छ भने उनीहरूको सम्झना गर्दै कागलाई सन्देशवाहक पक्षीका रूपमा विभिन्न परिकार तथा मिठाइ राखिदिएर बोलाउने गरिन्छ ।

यमराजको दूतका रूपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइन्छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भन्दै कागलाई यमदूतका रूपमा मान्ने गरिन्छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो–मीठो खान दिएर खुसी पार्ने गरिएको हो ।

लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलन समेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट