यमपञ्चकको दोस्रो दिन, आज नरक चतुर्दशी यानिकी कुकुर तिहार !

| २०८० कार्तिक २६ गतेमा प्रकाशित

 रुपन्देहीतिहार अर्थात् यमपञ्चकको दोस्रो दिन, आज कुकरको पूजा गरी कुकुर तिहार मनाइँदै छ। आजको दिन इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिइन्छ। 

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ।

हिन्दू धर्मशास्त्रमा कुकुरलाई सुरक्षाकर्मीको  रुपमा पनि वर्णन गरिएको छ । यस्तै कुकुरलाई भगवान भैरवको बाहनको रुपमा पनि चिनिन्छ ।

आजको दिनलाई नरक चतुर्दशी तथा नर्के चतुर्दशी पनि भन्ने गरेको पाइन्छ । नरक चतुर्दशीको दिन विहानै ननुहाई केही खानु हुन्न भन्नै हिन्दू मान्यता रहेको छ । 

 

 

प्रतिक्रिया दिनुहोस्