नुवाकोटमा पहिलो पटक शङ्ख ध्वनी प्रतियोगिता हुँदै !

| २०८० मंसिर ३ गतेमा प्रकाशित

काठमाडौं–स्थानिय मौलिक कला संस्कृतिको जगेर्ना गर्दै भावी पुस्तालाई संस्कृति हस्तान्तरण गर्नुपर्छ भन्ने उद्देश्यले नुवाकोट जिल्लाकै पहिलो सामुदायिक रेडियो नुवाकोट एफएमले प्रतियोगितात्मक शंखध्वनी आयोजना गर्ने भएको छ ।

हरिवोधनी एकादशी २०८० को अवसरमा यही मसिर ६ गते बुधवार बिदुर नगर पालिका वडा नम्वर ५ देविघाटको चौतारोमा आयोजना गर्न लागेको प्रतियोगितामा यो समाचार तयार पार्दासम्म ६० जना ले प्रतियोगितामा सहभागीता भाग लिनका लागि सम्पर्क गरेको संस्थाका सदस्य एवं रेडियो राजमार्गका स्टेशन म्यानेजर आशिष ठकुरीले जानकारी दिए ।
सनातनी हिन्दु धर्मका विभिन्न संस्कारमा नभई नहुने “शंख” संरक्षण र सम्बद्र्धनार्थ रसुवा , नुवाकोट र धादिगमा मै पहिलो पटक ‘खुल्ला शंख ध्वनी प्रतियोगिता’को आयोजना गर्न लागिएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

शंख नेपालमा मात्र नभई भारत, श्रीलंका बंगलादेश आदि मुलुकमा पनि प्रयोग गरेको पाइन्छ । विभिन्न संस्कारमा शंख नभई नहुने एक ध्वनी साधन भएको संस्थाका अध्यक्ष शिव प्रसाद न्यौपाने बताए । प्रतियोगितामा प्रथम हुनेलाई नगद दशहजार हजार रुपैयाँ, द्वितिय हुनेलाई सातहजार रुपैयाँ, तृतीय हुनेलाई तिन हजार एक सय रुपैयाँ, र दुई जनालाई सान्त्वना स्वरुप जनही एक सय रुपैयाँ तथा सम्पूर्ण सहभागी समेतलाई प्रमाण–पत्र प्रदान गरिने छ ।

प्रतियोगितामा सम्पूर्ण उमेर समूहका इच्छुक व्यक्तिले सहभागिता जनाउन सक्नेछन् । शंखको विषयमा जानकार व्यक्तिले निर्णायकको भूमिकामा रहने आयोजकले जनाएको छ । विभिन्न गुरु, पुरोहितका साथै गुरुकुल एवम् कीर्तन मण्डलीका तर्फबाट शंख बजाउन जान्ने व्यक्तिको सहभागिता रहने अपेक्षा गरिएको छ ।

शंख दिनानुदिन लोप हुँदै गएको र त्यसको संरक्षण गर्दै युवाहरु एक हुनुपर्नेमा आयोजकले जनाएको छ ।‘कार्यक्रमका लागि कार्यक्रम मात्र नभएर समाज रुपान्तरण तथा जनचेतनाका निमित्त कार्यक्रम’ भन्ने मुलमन्त्रलाई आत्मासाथ गरी संस्थाले उक्त प्रतियोगिता गर्न लागेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्