युवा शक्तिको पलायनले बाझिदैँ देश !

| २०८० माघ ३ गतेमा प्रकाशित

हिजोआज बिहान जुरुक्क ब्युझिएर मोबाइल हेर्ने बित्तिकै वैदेशिक यात्रा सफल रहोस् भन्ने पोस्टहरु आउछन् । अनि आम युवाहरूलाई फलाना त गए अब म किन ढिला गर्ने भन्ने सोचाइहरु मनमा उब्जि हाल्छ । यहाँ ठुला अनि गहकिला स्टाटस लेख्ने अरुलाइ सम्झाउने बिदेश जान हुदैन, यहि देशमै केहि गर्नु पर्छ भन्ने महान सल्लाहकारहरु पनि आजकल खै बिदेश जान पर्छ कि क्या हो यहाँ त केही गर्न सकिएन बरु केही समय बिदेश पो जाने होकि भन्ने सोचाइमा देखिएको पाइन्छ ।

यस्ता बिदेशी सपना देख्ने लाखौ युवाहरू दैनिक भौतारिदै काठमाडौं र देशका ठुला सहरहरुका कन्सल्टेन्सी, मेनपावर कम्पनी र बिदेश पठाउने एजेन्टहरुको खोजीमा हिडिरहेको देखिन्छन् । राजनीतिक दलका नेताका छोराछोरी देखि, बिधालयमा पढाउने शिक्षकका छोराछोरी, सरकारि कर्मचारी र दक्ष प्राबिधिकहरुको सपनामा बिदेश जाने नै हो भन्ने हुटहुटी देखिएको छ ।

कामको दक्षताको आवश्यकताको महसुस र यसलाई ब्यबस्थापन गरिएन भने एकदिन राज्यले गाउका करोडौं खर्चेर बनाएका ति सामुदायिक बिद्यालयका भवनहरुलाइ विद्यार्थी पढ्ने बिद्यालय होइन बुढा बा आमाको हेरचाह गर्ने वृद्ध आश्रय खोल्ने स्थिति नआउला भन्न सकिन्न। यहाँ लाखौ युवाहरुले देख्ने सपनाहरुमा वैदेशिक यात्रा मात्रै देखिरहन्छ भने अबको केही बर्षमा देश नबाझिएला भन्न सकिन्न !

देश धेरै समस्यामा परिसकेको छ । आम युवाहरू डिप्रेसनको सिकार भइरहेको देखिन्छ । यदि गाउमा कोहि कसैको मृत्यु भैहाल्यो भने लास हप्तौं सडेर नबस्ला भन्न सकिन्न ! सरकार र सम्पुर्ण राजनीतिक दलका नेतृत्व र बुद्धिजीवीहरुले कस्तो खाले नीति निर्माण गर्दा युवाहरूलाई स्वदेशमै केही गर्छु भन्ने सोचाइहरु दिमागमा भराउन सकिन्छ । कसरी युवाहरू बिदेशीन छाड्छ्न त्यसको बारेमा गम्भीर अध्यन गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्