सुस्मिता श्रेष्ठको "संज्ञा" लोकार्पण

| २०८० फागुन १३ गतेमा प्रकाशित

काठमाडौ- युवा कवि सुस्मिता श्रेष्ठको "संज्ञा" कविता संग्रह लोकार्पण भएको छ । आइतबार तारकेश्वर नगरपालिका वडा न ११ नेपालटारमा रहेको ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा लोकार्पण भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि तथा सस्कृतीविद प्रा.डा. तुलसी दिवस, लेखक श्रेष्ठका आमा बुबा र अन्य अतिथिले सामुहिक रुपमा पुस्तक लोकार्पण गरेका हुन ।

पुस्तकको समिक्षककाे रुपमा डा. घनश्याम पुडासैनी र डा. कान्छी महर्जन रहेका थिए । कार्यक्रममा क्याम्पस प्रमुख, प्राध्यापक, विभिन्न बिधाका साहित्यकार, बिद्यार्थी लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट