रोट्रयाक्ट क्लब अफ कीर्तिपुरको अध्यक्षमा सुमन मैनाली

| २०८२ सावन १२ गतेमा प्रकाशित

काठमाडौं । रोट्रयाक्ट क्लब अफ कीर्तिपुरले श्रावण १० गते कीर्तिपुर स्थित केएनएस ब्याङ्केटमा आफ्नो पाँचौं पदस्थापन समारोह भव्यताकासाथ सम्पन्न गरेकोछ। उक्त कार्यक्रममा आधिकारिक रूपमा २०२४/२५ का अध्यक्ष प्रज्वल जोशीको अध्यक्षताको कार्यकाल समापन गर्दै रोट्रयाक्ट क्लब अफ कीर्तिपुरको २०२५/२६ का पाँचौं अध्यक्षको रूपमा सुमन मैनालीलाई स्वागत गर्दै पद हस्तान्तरण गरिएको थियो।

कार्यक्रमको क्रममा २०२५/२६का अध्यक्ष सुमन मैनालीले आफ्नो कार्यकारी बोर्डको परिचय दिँदै सुदीक्षा बस्नेतलाई सचिव र सन्ध्या खड्कालाई कोषाध्यक्ष नियुक्त गरि १५ सदस्य बोर्डको रूपमा नियुक्त गरे ।

कार्यक्रममा थुप्रै विशिष्ट अतिथिहरूको उपस्थिति थियो। क्लबका चार्टर अध्यक्ष रुबी शाह र पूर्व अध्यक्ष राहुल बिसुङ्खेले उपस्थित जनाए भने कार्यक्रममा सम्मानित अतिथि रोट्रयाक्ट डिस्ट्रिक ३२९२ का डिस्ट्रिक सचिव चन्द्रभक्त अधिकारी थिए भने अतिथि ZRR निखिल आचार्य थिए।

समारोहका प्रमुख अतिथि रोटा वर्ष २०२५/२६ का लागि रोटरी क्लब अफ कीर्तिपुरका अध्यक्ष लोकराज कोइराला रहेका थिए । त्यसैगरी रोटरी क्लब अफ कीर्तिपुरका पूर्व अध्यक्षहरू पुष्पराज अधिकारी र दामोदर रेग्मी, वर्तमान सचिव विष्णुप्रसाद कोइरालाको समेत उपस्थिति रहेको थियो । नव नियुक्त अध्यक्षलाई हौसला र शुभकामना दिन सुमन मैनालीका पिता रङ्ग प्रसाद मैनाली समेत उपस्थित थिए | 

कार्यक्रममा रोट्रयाक्ट डिस्ट्रिक ३२९२ भित्रका विभिन्न रोट्राक्ट क्लबका अध्यक्षहरू र प्रतिनिधिहरूको सहभागिता देखिएको थियो । थप रूपमा पाँच नयाँ सदस्यहरूलाई आधिकारिक रूपमा रोट्राक्ट क्लब अफ कीर्तिपुरमा समावेश भै सपथ ग्रहण गरेका थिए।

नयाँ सदस्यहरूमा संजय महर्जन, सतीशचन्द्र कार्की, टिसा मानन्धर, कृशाला सुनाम र ऋतिज कार्की रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट