वसन्तकालिन यामको धौलागिरि आरोहण सुरु हुँदै

| २०८२ बैशाख १९ गतेमा प्रकाशित


हिमाल आरोहणका लागि टेन्ट टागेर क्याम्प ३ मा बसेका आरोहीहरु । तस्बिर सौजन्य स् लाक्पा शेर्पा

म्याग्दी, वैशाख १९ गते । वसन्तकालिन याममा धौलागिरि हिमाल आरोहणको तयारी गरिएको छ । म्याग्दीको धवलागिरि गाउँपालिका ४ मुदीमा पर्ने ८ हजार एकसय ६७ मिटर अग्लो धौलागिरि हिमाल आरोहणका लागि शेर्पाहरुको टोलीले तयारी गरेको हो ।

हिमाल आरोहणका लागि शेर्पाहरुको टोली बाटो बनाउन र डोरी टांग्ने ९रोप फिक्सिङ० मा जुटेको छ । ६ जना शेर्पाहरुको टोली ७ हजार एकसय मिटर उचाईमा रहेको क्याम्प ३ सम्म पुगेको टोलीका प्रमुख लाक्पा शेर्पाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘धौलागिरि हिमालको चुचुरोमा पुग्ने बाटो बनाउँदै टोलीमा सहभागी शेर्पा र आरोहीहरु क्याम्प ३ सम्म पुगेको छ । एकदुई दिन भित्रमा टोलीले बाटो बनाउने र डोरी टाङ्ग्ने काम सम्पन्न गर्दछ ।’’ बाटो बनाएपछि आरोहीहरु चुचुरो तर्फ लाग्ने उहाँले बताउनुभयो ।

टोलीले धौलागिरिको चुचुरोसम्म बाटो बनाउने र डोरी टाङ्ग्ने काम सम्पन्न गरेपछि आधार शिविरमा रहेका आरोहीहरुले हिमाल आरोहण सुरु गर्ने सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाईले जानकारी दिनुभयो ।

उहाँका अनुसार सेभेन समिटका तर्फबाट सहयोगी शेर्पासहित विभिन्न देशका १८ जना आरोहीहरु धौलागिरि आरोहणका लागि आधार शिविर पुगिसकेका छन् । धौलागिरिमा मौसम परिवर्तन भइरहने भएकाले आरोहणका लागि निकै चुनौती मानिएको उहाँको भनाइ छ ।

अस्थिर मौसमका कारण धौलागिरि हिमाल आरोहणका लागि चुनौतीपूर्ण रहेको आरोहीहरुको अनुभव छ । यस सिजनमा दुई समुहका छ जना महिला र नौ जना पुरुष गरेर सहयोगी शेर्पा बाहेक १५ जना विदेशी आरोहीले आरोहणको अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट