रसुवा बाढी प्रभावितका लागि जुगल गाउँपालिकाको १० लाख सहयोग, वेपत्ता परिवारलाई एक लाख

| २०८३ भदौ १८ गतेमा प्रकाशित

काठमाडौं- रसुवामा भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाउने क्रम बढेको छ।

यसै क्रममा सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ। बाढीपछि सम्पर्कविहीन भएका जुगल गाउँपालिकावासीका परिवारलाई जनही एक लाख रुपियाँ सहयोग गर्ने निर्णयसमेत गरिएको गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोले जानकारी दिए।

अध्यक्ष स्याङ्बोका अनुसार गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सबै जनप्रतिनिधिले एक महिनाको भत्ता उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन्।

रसुवामा आएको बाढीपछि जुगल गाउँपालिकाका दर्जनौँ स्थानीय सम्पर्कविहीन भएका छन्। प्रभावितको खोज, उद्धार र राहतका लागि गाउँपालिकाले सहयोग तथा समन्वयलाई प्राथमिकता दिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट