परीक्षा सकेर घुम्न जाँदा दुर्घटनामापरि दुई विद्यार्थीको मृत्यु

| २०८१ बैशाख २५ गतेमा प्रकाशित

नुवाकोट- नुवाकोटको बेलकोटगडि न. पा. ८ स्थित नयाँ पुलमा वस र मोटरसाईकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्य भएको छ । काठमाडौंबाट कक्षा १२ को परीक्षा सकेर घुम्न आएका विद्यार्थीहरु दुर्घटनामा पर्दा दुईको मृत्यु भएको छ भने दुई जना गम्भिर घाइते भएका छन् ।

विदुर ४ बट्टारमा रहेको अर्किट बोर्डिङ स्कुलको बस र मोटरसाईकल एक आपसमा ठोक्किएका हुन् । देविघाटबाट र्सिखालीतर्फ गइरहेको बा ३ क ३७२२ नम्बरको वस घुमाउने क्रममा सोही दिशातर्फ गइरहेको बाग्मति प्रदेशको ०२–०४४ प र बाग्मति प्रदेश ०२–०४६प १५२९ नम्बरको मोटरसाईकलहरु एक आपसमा ठक्कर खाएको प्रहरीले जनाएको छ ।

वस र मोटरसाईकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मृत्यु हुनेमा काठमाण्डौका २७ वर्षिय रुविन रावल र ललितपुरका २६ वर्षिय स्वीकार राणा रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीले जानकारी दिए ।

उनीहरुको त्रिशुली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै दुर्घटनामा काठमाण्डौकै रितिक तिवारी र उपकार थापा घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको अवस्थामा गम्भीर रहेकोले थप उपचारको लागि काठमाण्र्डौ लगिएको छ ।

र्दुघटनाको कारण नखुले पनि स्कुल बसले मोटरसाईकललाई ठक्कर दिएको स्थानियले बताएका छन् । र्दुघटनापछि प्रहरीले चालक र वसलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट