बैतडीमा जिप दुर्घटना हुँदा ६ जना गम्भीर घाइते

| २०८१ माघ १२ गतेमा प्रकाशित

काठमाडौँ- बैतडीमा जिप दुर्घटना हुँदा ६ जना गम्भीर घाइते भएका छन् । सिगास गाउँपालिका–१ माडौँमा शनिबार बिहान सुदूरपश्चिम प्रदेश ०१–००१ च ४०२८ नम्बर जिप दुर्घटना हुँदा ६ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । 

जिप दुर्घटनामा सिगास गाउँपालिका–१ इरानाका वर्षीया जयन्ती धामी, ४० वर्षीय तुलसी धामी, १६ वर्षीया निरा धामी, १९ वर्षीया पार्वती धामी, १८ वर्षीया कमला धामी र १४ वर्षीया धौली धामी घाइते भएका बैतडी प्रहरीका प्रवक्ता बलराम पाण्डेयले बताए 

प्रहरीका अनुसार सडकबाट जिप ५ सय मिटर खसेको थियो । घाइते सबैको अवस्था गम्भीर रहेको र उनीहरूलाई उद्धार गरी तत्काल उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको बैतडी प्रहरीले जनाएको छ । जिपमा चालकसहित ८ जना सवार रहेका थिए । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्