जाल गरी दुनियालाई फसाउन सक्दिनँ मघरिघरि निर्दोष आँखा रसाउँन सक्दिनँ मझरी परेकै बेला छोडेर गइदेऊ तिमी प्रियअहँ बार बार शत्रुलाई हँसाउन सक्दिन म
नदेखाउ भो मलाई आस एक हुन सक्दैनौंतिमी मालिक म दास एक हुन सक्दैनौंतिम्रो र मेरो दुनिया बिलकुल फरक छम धर्ती तिमी आकाश एक हुन सक्दैनौं
तिमीलाई भुल्ने बाचा गरिसके अबत्यो फुलेको बोटबाट झरिसके अबतस्बिर जलाएर शोक मनाउनु तिमीसुनेको छु तिम्रो लागि मरिसके अब
खुसीलाई पीडाको मात्रै भर हुने थियोसायद नौनी पनि फेरिएर पथ्थर हुने थियोयदि आँशु पनि चिनी नै गुलियो हुन्थ्यो भनेहरेकको सिरानी कमिलाको घर हुने थियो
कयौ दुःख कयौ हन्डर पाएर भएपनिआँखा ले आँशु सङ्ग मितेरी लाएर भएपनि आमा तिम्रो अनुहार हेर्छु यस्तो लाग्छ मलाई बाँच्नु त पर्छ नै म जति हार खाएर भएपनि
#सुप्रिया खनाल
प्रतिक्रिया दिनुहोस्