गजल

| २०८१ बैशाख १ गतेमा प्रकाशित

नयाँ सालले नयाँ रङ्ग ल्याएर आहोस्!
सुखशान्ति अनि उमङ्ग ल्याएर आहोस्!!

हरेक मनले चाहे जति त पुग्ला नपुग्ला ,
केही खास मिठो प्रसङ्ग ल्याएर आहोस्!!

टुट्ने फुट्ने मन मुटु त कति हुन्छन् कति,
सधैंभरलाई हुने सम्बन्ध ल्याएर आहोस्!!

हरेक साल आए र पत्तै नभई गए पनि,
यो नयाँ बर्षले केहि ढङ्ग ल्याएर आहोस्!!!

नयाँ बर्ष २०८१ को पावन अवसरमा स्वदेश तथा विदेशमा छरिएर रहनु भएका सम्पुर्ण नेपाली भाषि आमा बुवा दाजुभाई तथा दिदी बहिनी लगायत सबै सबैमा सुख ,शान्ति समृद्धि , एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु!🙏🌺🎉💞♥

द्रुपद अधिकारी ;धादिङ फुलखर्क

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट