कविता- अन्धो कानून

| २०८१ मंसिर १३ गतेमा प्रकाशित

- हामिलाइ नि जान्न मन छ नेपालको कानून कस्तो छ भनेर
कहिलेसम्म चल्छ खै यो कानून अन्धो नियम बनेर

- भ्रष्टाचारीहरुलाइ नियम सजाय हुदैन कहिल्यै
अपराधी खुलेयाम पिडित चाइ जेलमा थुनिन्छन पहिल्यै

- भन्न त भनिन्छ कानून सबैकोलागी बराबर छ
तर यहाँ पिडितले न्याय नपाउदै केस मर्छ

- ए सरकार संविधान को किताब मा मात्र नियम सिमित पार्छौ
धनी ब्यक्तिले गरेको अपराध घुस खाएरै टार्छौ

- के कानून गरिबको लागि मात्रै बनेको होर?
जो दुखी पिडित निमुखा छ उसलाइ आखिर न्याय कहाँनै भोर

- सोचेकी थिए मैले अदालत त न्याय दिलाउन बसेको छ
म गलत रहिछु आखिर सरकारी अदालत त भ्रष्टाचार मा फसेको छ

- संविधानमा मात्र हैन कानून जीवनमा लागु गर्नुपर्छ
अपराधी र घुसखोरीलाई जेलमा जाक्नुपर्छ।

नाम- लक्ष्मी न्यौपाने
घर- अर्घाखाँची
क्याम्पस- सरस्वती बहुमुखी क्याम्पस,काठमाडौ

प्रतिक्रिया दिनुहोस्