मौलिक जरोकिलो पार्टीको २ बर्षमा ४७ जिल्लामा कार्यसमिति निर्माण

| २०७८ चैत २० गतेमा प्रकाशित

 निर्वाचन आयोगमा मौलिक जरोकिलो पार्टीको २ बर्षमा ४७ जिल्लामा कार्यसमिति दर्ता भएको छ । निर्वाचन आयोगमा जिल्ला समिति दर्ता गरिएका र गर्न नसकिएका जिल्लाको तथ्याङ्क यस्तो रहेकाे छ ।

प्रदेश १ मा ५ जिल्लामा समिति दर्ता भएकाे र दर्ता गर्न बाँकी ३ जिल्ला रहेकाे छ , त्यसैगरी मधेसमा ५ जिल्लामा समिति दर्ता भएकाे र दर्ता गर्न बाँकी ३ जिल्ला , बागमतीमा १० जिल्लामा समिति दर्ता भएकाे र दर्ता गर्न बाँकी ३ जिल्ला , गण्डकीमा ९ जिल्लामा समिति दर्ता भएकाे र दर्ता गर्न बाँकी २ जिल्ला , लुम्बिनीमा ७ जिल्लामा समिति दर्ता भएकाे र दर्ता गर्न बाँकी ५ जिल्ला , कर्णालीमा ४ जिल्लामा समिति दर्ता भएकाे र दर्ता गर्न बाँकी ६ जिल्ला र सुदूरपश्चिममा ७ जिल्लामा समिति बाँकी २ जिल्ला बाँकी रहेकाे छ ।

गण्डकी प्रदेश मा ११ जिल्ला मध्य ९ जिल्ला कार्यसमिति द्वारा जिल्ला निर्वाचन आयोगमा चुनाव चिन्ह पाउनको लागि दर्ता गराइ २०७९ वैशाख ३० गते हुने स्थानिय निर्वाचनमा दल दर्ता हुदाकै चुनाव चिन्ह कम्प्यूटर चिन्ह पाउन सफल भएका छन् ।

९ वटै जिल्लाबाट , विभिन्न नगरपालिका, गॉउपालिका , वडाहरू बाट उमेद्वारी दिनको लागि नामावली संकलन पनि सुरू भएको छ ।

युगद्रष्टा गुरू डा। निर्मलमणि अधिकारीको २२ औं बर्षको अनुसन्धान द्वारा पछि स्थापना भएको मौलिक जरोकिलो पार्टीले पनि पार्टी दर्ता भएको २ बर्षमा ४७ जिल्लामा कार्यसमिति निर्माण गरि स्थानिय निकायको चुनाव मा आफ्नै चुनाव चिन्ह कम्प्यूटर नै पाउने भएको छ ।


अधिराज्य भरिबाट जिल्ला कार्यसमिति निर्माण हुने क्रममा सात प्रदेश मध्यबाट सबै भन्दा बढि गण्डकी प्रदेशबाट ११ जिल्ला मध्य ९ जिल्लाको कार्य समिति विस्तार भएको छ । बॉकि २ जिल्ला निकै विकट क्षेत्र भएका कारण जिल्ला कार्यसमिति खडा हुन सकेको छैन यि २ जिल्लामा पनि चाडैनै समिति विस्तार हुने केन्द्रीय समिति सदस्य कमल न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट