चितवनका सातवटै स्थानीय तहमा तालमेल गर्ने सत्तारूढ गठबन्धनको तयारी

| २०७८ चैत २१ गतेमा प्रकाशित

काठमाडौं।

सत्तारूढ पाँच दलीय गठबन्धनले चितवनका सातै स्थानीय तहमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ । ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनमा चितवनका सातवटै स्थानीय तह र जिल्ला समन्वय समितिमा समेत तालमेल गरे अघि बढ्ने निर्णय गरेका हुन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको सत्तागठन्धनको जिल्ला स्तरीय संयन्त्रको बैठकले उक्त निर्णय गरेको हो । चुनावी तालमेलका सन्दर्भमा संयुक्त संयन्त्र गठन समेत गठन गर्ने निर्णय गरेको छ । जसको संयोजक कांग्रेसको पालिका सभापतिले गर्ने निर्णय गरेको छ ।

गठबन्धन सहभागी दलहरूकाबीच गठबन्धनको मर्म र भावना अनुरुप एक आपसमा सम्मान र हार्दिकताको विकास गर्दै संयुक्त रुपमा आसन्न स्थानीय तहको निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ ।

त्यस्तै स्थानीय तह निर्वाचनका लागि केन्द्रीय परिपत्रअनुसार दलगत वस्तुस्थितिको बारेमा प्रतिवेदन तयार गर्न प्रत्येक दलबाट १र१ जना प्रतिनिधि रहने गरी एक कार्यदल गठन गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट