काठमाडौं क्षेत्र नं ९ प्रदेश (ख) मा राप्रपाबाट दिलिप कार्कीले गरे उम्मेदवारी घोषणा

| २०७९ सावन २१ गतेमा प्रकाशित

काठमाडौं- आगामी मंसिर ४ गते एकै साथ प्रदेश र संघको निर्वाचन हुने भए संगै विभिन्न क्षेत्रबाट उम्मेदवारी घोषणा हुन थालेको छ । सोहि क्रममा काठमाडौं क्षेत्र नं ९ प्रदेश (ख) मा राष्ट्रिय प्रजातन्त्र पार्ट्री (राप्रपा) को तर्फबाट दिलिप कुमार कार्कीले आफ्नो उम्मेदवारीता घोषणा गरेका छन् ।

शनिवार आयोजित सक्रिय सदस्य सचेतना कार्यक्रममा उनले उक्त घोषणा गरेका हुन । कार्की सोहि क्षेत्रका अध्यक्ष समेत हुन् । पार्टीमा लामो समय देखि सक्रिय रुपमा काम गरिरहेका कार्की युवा नेताका रुपमा चर्चित छन् । हक्की स्वभाव, निडरता र प्रष्ट वक्ता भएकै कारण उनी युवा माझ लोकप्रिय रहेका छन् ।

देशभर युवाको लहर चलिरहेको र राजनीतिमा युवा वर्गको माग भई रहेको समयमा आफूले पार्टीको नीति, मूल्य, मान्यतालाई स्थापित गर्ने उदेश्यका साथ उम्मेदवारी दिने निर्णय गरेको कार्कीले बताए । उनी निरन्तर पार्टी भित्र निष्क्रीय रहेकालाई सक्रिय बनाउने र पार्टीमा युवा वर्गलाई समेट्ने अभियानमा लागि रहेका छन् । कार्की राजनीति संगै विभिन्न सामाजिक कार्यमा समेत सक्रिय रहदैँ आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट