नुवाकोट क्षेत्र नं २ मा ईन्जिनियर पुडासैनीले गरे स्वतन्त्र उम्मेदवारी दर्ता

| २०७९ असोज २३ गतेमा प्रकाशित

नुवाकोट- नुवाकोटको संघिय क्षेत्र नं २ मा ईन्जिनियर सुदर्शन पुडासैनीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । आईतवार निर्वाचन अधिकृतको कार्यालय विदुरमा उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ता संगै उनले मंसिर ४ गतेको निर्वाचनमा सम्पूर्ण मतदाताहरुले परिवर्तनको लागि पूर्ण विवेकका साथ मतदान गर्नुपर्ने बताए । परिवर्तनकै लागि ३० वर्षिय युवा जोस, जागर, उत्साह र योजनाका साथ निर्वाचनमा होमिएकाले परिवर्तनका लागि यस पटक आफूलाई मतदान गर्न आम मतदातालाई अनुरोध समेत गरेका छन् ।

आफूले जनचाहना अनुसारका काम गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्