जसपाबाट नुवाकोट क्षेत्र नं २ प्रदेश क मा समानुपातिक उम्मेदवारमा राज न्यौपाने

| २०७९ असोज २८ गतेमा प्रकाशित

काठमाडौं- आगामी मंसिर ४ गते हुने निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट नुवाकोट क्षेत्र नं २ प्रदेश (क) मा समानुपातिक तर्फ राज न्यौपानेको उम्मेदवारी रहेको छ ।

जसपाबाट राजनीति सुरुवात गरेका न्यौपाने युवा उम्मेदवारको रुपमा प्रस्तुत भएका छन् । राजनीतिमा युवाहरुको आकर्षण बढ्दो छ । युवा जोस, जागर र नविनतम् सोचका साथ आफू राजनीतिमा प्रवेश गरेका उम्मेदवार न्यौपानेले बताए ।

समानुपातिकमा जसपाको चुनाव चिन्ह छाता मा मतदान गरि युवा पुस्ताको नेतृत्व गर्दै चुनावी मैदानमा उत्रिएका न्यौपानेले आफूलाई विजयी गराउन सम्पूर्ण मतदातामा अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट