सिङगो गाउँ नै घण्टीमा भोट हाल्न प्रतिवद्ध

सुमन पाण्डे बलियो बन्दै

| २०७९ कार्तिक १ गतेमा प्रकाशित

नुवाकोट- नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं १० को एउटा सिङगो गाउँ नै राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टीमा भोट हाल्न प्रतिवद्ध भएका छन् ।

जिल्लाको संघिय क्षेत्र नं २ मा रहेको उक्त स्थानका बासिन्दा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी र राप्रपामा सक्रिय रहदैँ आएका थिए । सोमवार गाउँका सबै पार्टीमा आवद्ध रहदैँ आएका युवाहरुको भेलाले आफू रहदैँ आएको पार्टी परित्याग गरि परिवर्तनको लागि विकल्पको रुपमा आएको राष्ट्रिय स्वतन्त्र पार्टी लाई मंसिर ४ को चुनावमा समर्थन गर्ने निर्णय भएको अनेरास्ववियुमा सक्रिय रहदैँ आएका किशोर ओलीले बताए ।

311452741-3244242289174414-4779869734130349492-n-1qVNT8t2gs8gQjRZENfx0uaGmIVGfIgOwsyrrHsZ.jpg

विभिन्न पार्टीमा सक्रियताका साथ आवद्ध रहदैँ आएका २२ परिवारले एकै साथ आफ्नो पार्टी परित्याग गरि राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन गर्ने निर्णय गरेका छन् । पुराना पार्टी र नेताबाट जनताले नयाँ आश गर्ने आधार नभएको भन्दै आफूहरुले राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थ गरेको ओलीले बताए ।

नुवाकोट क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट वरिष्ठ पर्यटन व्यवसायी सुमन पाण्डे उम्मेदवार रहेका छन । उक्त क्षेत्रमा पाण्डे बलियो बन्दै गएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट