काठमाडौं–७ मा घण्टीको अग्रता कायमै

| २०७९ मंसिर ५ गतेमा प्रकाशित

काठमाडौं- काठमाडौंको ७ नम्बर निर्वाचन क्षेत्रमा प्रतिनिधि सभातर्फ १ हजार ५४३ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।

घण्टी चुनाव चिह्नमा उम्मेदवार गणेश पराजुलीले ३१५ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार श्यामकुमार घिमिरेले ३०४ मत पाएका छन् ।

सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी मानुषी यमि भट्टराई २९० मत ल्याएर तेस्रो स्थानमा छिन् । 

लौरो र हलोले क्रमशः १०१ र ८४ मत पाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट