नुवाकोट २ (१) मा माओवादीका रामप्रसाद ढुंगाना विजयी

| २०७९ मंसिर ८ गतेमा प्रकाशित

नुवाकोट- नुवाकोट निर्वाचन क्षेत्र नं. २ (१) प्रदेशसभा सदस्यमा नेकपा माओवादीका रामप्रसाद ढुंगाना विजयी भएका छन् । माओवादी केन्द्रले नुवाकोटमा यो पहिलो खाता खोलेको हो । उनले प्रतिद्वन्द्वी एमालेका केशवराज पाण्डेलाई ४ सय ४८ मतले पराजित गरे ।

ढुंगानाले १२ हजार १ सय १० मत प्राप्त गरेका थिए भने उनका पाण्डेले ११ हजार ६ सय ६२ मत पाएका थिए । एमालेका पाण्डले यसअघि यही क्षेत्रबाट नेपाली कांग्रेसका संविधानसभा सदस्य रहेका जगदिश्वरनरसिंह केसीलाई पराजित गरेर निर्वाचित भएपनि यो पटक उनले हार व्यहोर्नु परेको छ ।

सत्ता गठबन्धनतर्फबाट माओवादी केन्द्रका उम्मेदवार ढुंगाना बेलकोटगढी नगरपालिका १ आरुखर्क गोल्माका वासिन्दा हुन् । उनी ०४६ सालको बहुदल आउनुअघि जिल्ला उपसभापति थिए । २०५५ सालमा जनयुद्धकालमा भूमिगत भई सक्रिय राजनीति गरेका ढुंगाना हाल माओवादी केन्द्र बागमती प्रदेश कमिटीका उपाध्यक्ष छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट