माओवादी केन्द्रीय सदस्य बद्री बजगाईँ निलम्बित

| २०७९ पौष ५ गतेमा प्रकाशित

काठमाडौं– माओवादी केन्द्रका केन्द्रीय सदस्य बद्री बजगाईँलाई पार्टीले निलम्बन गरेको छ । पार्टीको भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी) मा कार्यरत महिला कार्यकर्ताले दिएको उजुरी र सामाजिक सञ्जाल फेसबुकबाट पठाइएको अश्लिल म्यसेजहरूको प्रतिलिपीसहित बागमती प्रदेश कार्यालयको सिफारिसको आधारमा उनलाई निलम्बन गरिएको हो । 

गत ३ पुसमा पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको केन्द्रीय पदाधिकारी बैठकले उनलाई निलम्बन गरेको हो । बजागाइँविरुद्ध आफ्नै कार्यकर्तालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । 

उनी ४ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा माओवादीबाट काठमाडौं -३ का उम्मेदवार समेत बनेका थिए । पछि कांग्रेसका उम्मेदवारलाई पार्टी समर्थन गरेपछि उम्मेदवारी फिर्ता भएको थियो । 

प्रतिक्रिया दिनुहोस्