विपद् व्यवस्थापनमा तिनै तहका सरकार गम्भीर बन्नु पर्छ - मुख्यमन्त्री जम्कटेल

| २०८० जेठ २ गतेमा प्रकाशित

सिन्धुपाल्चोक- विपद् व्यवस्थापनमा तिनैहका सरकार गम्भीर बन्नु पर्ने बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेलले बताउनु भयो ।

सिन्धुपाल्चोक जिल्लाको विपद् व्यवस्थापन समितिको आयोजनामा भएको विपद् व्यवस्थापन सम्बन्धि छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्कटेलले भैपरि आउने सबै खाले विपत्तिमा प्रदेश सरकारले सहयोग गर्ने छ, मनसुनको कारण आउने विपद् लाई सम्बोधन गर्न प्रदेश सरकारले जेष्ठ महिनाको १५ गते अगाडि नै वजेटको व्यवस्था गर्ने छ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्कटेलले देशमा संघियताकै कारण अहिले विकास भएको जिकिर गर्नु भयो । ' संघियता गरिबी र असमाता अन्त्यका निमित्त संघियता आवश्यक रहेको छ । '

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट