विपन्न वर्गलाई विद्युतीय मिटर र ५० युनिटसम्म बिजुली निःशुल्क

| २०८० जेठ ५ गतेमा प्रकाशित

काठमाडौँ- सरकारले निजी क्षेत्रलाई पनि ऊर्जा व्यापारमा सहभागी गराउने नीति लिने भएको छ ।

सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बुढिगण्डकी जलविद्युत आयोजनालाई अगाडि बढाइने बताए ।

ऊर्जामा सबै नागरीलाई सुनिश्चित गरिने उनले बताए । आगामी २ वर्षभित्र सबैको घरमा बिजुली पुर्‍याइने उनले बताए ।

विपन्न वर्गलाई निःशुल्क विद्युतीय मिटर उपलब्ध गराइने भएको छ भने वर्षको ५० युनिट र हिउँदे याममा ३० युनिट विद्युत् निःशुल्क दिइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्