बागमती प्रदेशसभाको बैठक असोज २१ गते बस्ने

| २०८० असोज १८ गतेमा प्रकाशित

काठमाडौं- बागमती प्रदेशसभाको बैठक यही असोज २१ गते दिनको ३:०० बजे बस्ने गरी बोलाइएको छ । उक्त बैठकमा दुई विधेयक छलफलका लागि पेस गर्ने तयारी गरिएको बागमती प्रदेशसभा सचिवालयका सभामुख भुवनकुमार पाठकले बताए ।

बागमती प्रदेशसभा बैठक यसअघि असोज १७ गते बुधबार बसेर अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको थियो । बागमती प्रदेशसभामा हाल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीका गरी १ सय १० जना प्रदेशसभाका सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्